काठमाडौँ — फ्रेन्च ओपन २०२५ को पुरुष एकलको फाइनलमा यानिक सिनर र कार्लोस अल्कारेज भिड्ने भएका छन् । सिनरले शुक्रबार रातिको सेमिफाइनलमा नोभाक जोकोभिचलाई ६–४, ७–५ र ७–६ ले पराजित गरे ।
यससँगै जोकोभिचको कीर्तिमान २५ औं ग्रान्ड स्लाम जित्ने अभियानमा अहिलेका लागि पूर्ण विराम लागेको छ । विश्व नम्बर १ सिनरले यस जितका क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अर्को सेमिफाइनलमा अल्कारेजले लोरेन्जो मुसेटीलाई पन्छाए । खेलमा अल्कारेज ४–६, ७–६, ६–० र २–० ले अगाडि रहेको बेला चोटका कारण मुसेटीले प्रतिस्पर्धा छाडेका थिए ।
