काठमाडौँ — उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उनीहरूको छनोट बिहीबार निश्चित भएको हो । यस्तै दक्षिण कोरियाले पनि विश्वकपका लागि टिकट काटेको छ ।
बार्सामा भएको खेलमा दक्षिण कोरियाले इराकलाई २–० ले हराएपछि यो नतिजाले जोर्डनलाई पनि विश्वकप पुर्याएको हो । यस्तै उज्वेकिस्तानले भने यूएईसँग गोलरहित बराबरी खेले । दक्षिण कोरियाको जितमा किम जिन–ग्यु र ओह हवन–ग्युले गोल गरे ।
एसियाली छनोट तेस्रो चरणको समूह ‘ए’ मा इरान र उज्वेकिस्तान शीर्ष स्थानमा छन् । इरान पनि विश्वकपका लागि छनोट भइसकेको छ । यस्तै समूह ‘बी’ को शीर्ष दुईमा दक्षिण कोरिया र जोर्डन रहेका छन् ।
