काठमाडौँ — लामिन यामल र निको विलियम्सको उत्कृष्ट प्रदर्शनको मद्दतले स्पेनले फ्रान्सलाई सनसनीपूर्ण खेलमा पराजित गर्दै नेसन्स लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । स्टुटगार्टमा भएको सेमिफाइनलमा स्पेन ५–४ ले विजयी भएको हो ।
यामलले दुई गोल गरे भने विलियम्सले एक गोल गर्दै अर्कोमा अवसर सिर्जना गरे । सन् २०२४ को युरो विजेताका लागि मिकेल मेरिनो र पेड्रिले पनि गोल गरे । केयलिन एमबापेले फ्रान्सका लागि दोस्रो हाफमा पेनाल्टीबाट गोल गरेपनि त्यस स्थितिसम्म स्पेन ५–१ ले अगाडि थियो ।
त्यसपछि फ्रान्सले तीन गोल फर्काएको हो । त्यसमा रायन चेरकी र रान्डल कोला मुनिले गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । अब फाइनलमा उपाधिका लागि स्पेनले पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले यसअघि अर्को सेमिफाइनलमा जर्मनीलाई हराएको थियो ।
