जर्मनीलाई हराएर पोर्चुगल फाइनलमा

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Portugal beat Germany in the final

काठमाडौँ — क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मद्दतले पोर्चुगलले बुधबार जर्मनीलाई २–१ ले पराजित गर्दै नेन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

यो नतिजासँगै पोर्चुगलले जर्मनीविरुद्धको लामो जितहीन यात्रामा पनि पूर्ण विराम लगाएको छ । खेलको ६८ औं मिनेटमा रोनाल्डोले विजयी गोल गरे र यो उनको कीर्तिमान १ सय ३७ औं अन्तर्राष्ट्रिय गोल रह्यो।

जर्मनीले फ्लोरिन विर्टजको गोलले सुरुआती अग्रता लिएपछि फ्रान्सिस्को कोन्सकोउले पोर्चुगलका लागि बराबरी गोल फर्काएका हुन् । पोर्चुगलले यसअघि जर्मनीलाई सन् २००० मा हराएको थियो ।

सन् २०१९ को नेसन्स लिग विजेता पोर्चुगलले अब फाइनलमा स्पेन अथवा फ्रान्सको सामना गर्नेछ । 

कान्तिपुर

Link copied successfully