जोकोभिच कीर्तिमान ग्रान्ड स्लाम उपाधि नजिक

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Djokovic nears record Grand Slam title

काठमाडौँ — कीर्तिमान २५औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा रहेका नोभाक जोकोभिचले बुधबार फ्रेन्च ओपन २०२५ को सेमिफाइनल यात्रा निश्चित गरेका छन्। उनले अन्तिम आठको खेलमा एलेक्जान्डर जेभरेभलाई ४–६, ६–३, ६–२ र ६–४ ले हराए ।

अब छैटौं वरीयताका जोकोभिचले फाइनल प्रवेशका लागि विश्व नम्बर १ खेलाडी यानिक सिनरको सामना गर्नेछन् । सिनरले अर्को खेलमा एलेक्जान्डर बुबिलिकलाई ६–१, ७–५ र ६–० ले पराजित गरे ।

महिलातर्फ विश्व नम्बर २ अमेरिकी कोका गउफले आफ्नै देशकी खेलाडी म्याडिसन केय्सलाई ६–७, ६–४ र ६–१ ले हराइन् र सेमिफाइनल यात्रा निश्चित गरिन् । अब उनले लोइस बोसननको सामना गर्नेछिन् । 

कान्तिपुर

Link copied successfully