काठमाडौँ — एसभी मामेन्डोर्फ भीआर बैंक कप फुटबलमा भाग लिन फुटबल युथ टोली बिहीबार जर्मनी जाने भएको छ । प्रतियोगिता जुन ५ देखि १५ सम्म हुनेछ ।
खेलाडीमा नदुप प्रसाईं, स्पर्स राई, जोसेफ गुरुङ, निर्विघ्न ढकाल, श्रीयांश पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिसा श्रेष्ठ, सम्यकप्रसाद प्रधान, विराज गौतम, गौरव अधिकारी, ओम दवाडी, निष्कर्षराज शाक्य, अमन घिमिरे, आर्यन श्रेष्ठ, आयुश श्रेष्ठ, जसन नाम्गेल, डेविस वज्राचार्य, युजन तिमल्सिना, निशान महतो, वैभव गोयल, समर्पण बबी सेढाईं, अनमोल न्यौपाने, आइडेन श्रेष्ठ, शशांक भण्डारी, आशुतोष मल्होत्रा, अनब लामा, आतिश श्रेष्ठ, आर्यवीर सिंह, सुविस कायस्थ, अरहान बाँस्कोटा, शिभान्स भट्टराई, तेन्जिङ शेर्पा, भविष्य शाह र पेम्बा नुर्बु भोटे छन् । खेलाडीहरू विभिन्न ३ उमेर समूहमा विभाजन भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा श्रीबहादुर योगी, चन्दिका जोशी र होमनाथ तिमल्सिना, प्रशिक्षकमा थमन भुसाल, कृष्ण तामाङ र ले मेन्सन तथा फिजियोमा रवीन्द्र बस्नेत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।
