फ्रेन्च ओपन २०२५ : अल्कारेज पुगे अन्तिम चारमा

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

French Open 2025: Alcarez reaches the last four

काठमाडौँ — कार्लोस अल्कारेजले आफ्नो उत्कृष्ट लय कायम राख्दै मंगलबार राति फ्रेन्च ओपन २०२५ को अन्तिम चारको यात्रा तय गरेका छन् । डिफेन्डिङ च्याम्पियनले एक घण्टा ३४ मिनेट मात्र खर्चेर टमी पउललाई ६–०, ६–१ र ६–४ ले हराए ।

अब उनले फाइनल प्रवेशका लागि लोरेन्जो मुसेटीको सामना गर्नेछन् । मुसेटीले अर्को खेलमा फ्रान्सेस टिफोएलाई ६–२, ४–६, ७–५ र ६–२ ले पन्छाए । महिलातर्फ पनि डिफेन्डिङ च्याम्पियन इगा स्वाटिक सेमिफाइनल पुग्न सफल रहिन् ।

तीन पल्टकी च्याम्पियन स्वाटिकले युक्रेनकी एलिना स्भाटोनिलालाई ६–१ र ७–५ ले पराजित गरिन् । अब उनले विश्व नम्बर १ आरयना सबलेन्काको सामना गर्नेछ । सबलेन्काले भने पेरिस ओलम्पिक च्याम्पियन झेङ छिनवेनलाई ७–६ र ६–३ ले हराइन् । 

कान्तिपुर

Link copied successfully