महिला विश्वकपका लागि पाकिस्तानले भारत आउन अस्वीकार गर्‍यो, कसरी हुनेछन् भारत पाकिस्तानबीचका खेल?

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Pakistan refused to come to India for the Women's World Cup, how will the matches between India and Pakistan take place?

काठमाडौँ — महिला विश्वकपमा पाकिस्तानसँगका खेल भारतमा नभई अब श्रीलंकामा खेलाइने भएको छ । पाकिस्तानले विश्वकप खेल्नका लागि भारत आउन अस्वीकार गरेको छ । 

भारतले यसै वर्षको सुरुवातमा पुरुष च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि आईसीसीले भारत र पाकिस्तानबीका खेल न्यूट्रल भेन्यूको सुरुवात गरेको थियो । 

पाकिस्तानका गृहमन्त्रीले अप्रिलमा पाकिस्तानी महिला क्रिकेट टिम भारत नजाने बताएका थिए । त्यसैले अब भारतले पनि पाकिस्तानका लागि न्यूट्रल भेन्यूमा खेल खेलाउनुपर्ने भएको छ । 

आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म महिला टी–२० विश्वकप हुँदैछ । यसको आयोजक भारत हो । यी खेलहरु भारत र श्रीलंकामा हुनेछन् ।

भारतमा बेंगलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्नममा हुने तय छन् । यता श्रीलंकाको भने कोलम्बोमा हुने तालिका छ । श्रीलंकामा पाकिस्तानका सात ग्रुप म्याच हुनेछन् । यसमा भारत र इंग्ल्यान्डविरुद्ध हुने खेल पनि समावेश छन् । 

सेमिफाइनल श्रीलंकामा हुनेछ । यदि पाकिस्तान फाइनलमा पुग्यो भने त्यो म्याच पनि श्रीलंकामै गर्नुपर्ने देखिन्छ । किनकी पाकिस्तानले भारत आउन अस्वीकार गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully