मनास्लु र एनआईसी अध्यक्ष कप फाइनलमा

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Manaslu and NIC in the President's Cup Final

काठमाडौँ — मनास्लु र एनआईसी एकेडेमी तेस्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भइरहेको प्रतियोगितामा मंगलबार मनास्लुले पशुपति ‘बी’ लाई १–० गोलले पराजित गर्‍यो । मनास्लुका कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए ।

अर्को सेमिफाइनलमा एनआईसीले किन्सलाई २–० गोलले हरायो । एनआईसीका सुनिश्चित सुवेदी  म्यान अफ द म्याच चुनिए ।

कान्तिपुर संवाददाता

Link copied successfully