पेरिस — नोभाक जोकोभिचले सोमबार राति फ्रेन्च ओपन २०२५ को क्वाटरफाइनल यात्रा तय गरेका छन् । उनी प्रतियोगिताको यो चरण पुगेको कीर्तिमानीपूर्ण १९ औं पल्ट हो । उनले यसका लागि क्यामरुन नुरीमाथि सजिलो ६–२, ६–३ र ६–२ को जित रचे ।
ग्रान्ड स्लाम टेनिसको एउटै प्रतियोगितामा कोही एक खेलाडी १९ औं पल्ट क्वाटरफाइनल पुगेको यो नै पहिलो पटक हो । ‘म सहज महसुस गरिरहेको छु, मलाई विश्वास छ, अझ राम्रो खेल्न पनि सक्छु,’ ३८ वर्षीय जोकोभिचले प्रतिक्रिया दिएका छन् ।
विश्व नम्बर १ खेलाडी यानिक सिनरले भने आन्द्रे रुब्लेभलाई ६–१, ६–३ र ६–४ ले हराएर लगातार छैटौंपल्ट ग्रान्ड स्लामको क्वाटरफाइनल प्रवेश निश्चित गरे । यो यात्राका त्रममा उनले एकै सेट पनि गुमाएका छैनन् ।
प्रतियोगिताको महिलातर्फ भने ठूलो अप्रत्यासित नतिजा निस्केको छ । वरीयताको ३६१ औं स्थानमा रहेकी लोइस बोसननले तेस्रो नम्बरकी जेसिका पेगुलालाई ३–६, ६–४ र ६–४ ले हराइन् ।
