पंजावसामु बेंगलुरुले तयार पार्‍यो १ सय ९१ रनको चुनौती

जेष्ठ २०, २०८२

एजेन्सी

Bengaluru prepared a challenge of 191 runs against Punjab

अहमदावाद — रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा पंजाव किंग्ससामु मंगलबार १ सय ९१ रनको चुनौती पेस गरेको छ । पंजावले नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले बलिङको निर्णय गरेको हो ।

यसक्रममा उसले बेंगलुरुलाई नौ विकेट गुमाएर १ सय ९० रनमा रोकेको हो । त्यसमा ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा तीन चौका प्रहार गरे । अर्का ओपनर फिल साल्टले नौ बलमा १६ रन जोडे ।

त्यसपछि मध्यक्रमका सबै ब्याटरले रन जोडे पनि त्यसलाई ठूलो स्कोर बनाउन सकेनन् । त्यसमध्ये मयन्क अग्रवालले १८ बलमा २४, कप्तान रजत पाटिदरले १६ बलमा २६, लियान लिभिङस्टोनले १५ बला २५ र जितेन शर्माले १० बलमा २४ रन बनाए ।

यस्तै रोमारिओ सेपार्डले ९ बलमा १७ रन बनाए । पंजावका बलरमध्ये केली जेमिसन र अर्सदीप सिंह सर्वाधिक सफल रहे । जेमिसनले ४८ रनमा तीन विकेट हात पारे । यस्तै सिंहले ४० बलमा तीनै विकेट हात पारे । 

एजेन्सी

Link copied successfully