सुनखानीलाई त्रिपुरासुन्दरी कप

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Tripurasundari Cup to Sunkhani

सिन्धुपाल्चोक — सुनखानी युवा क्लबले त्रिपुरासुन्दरी अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी उचालेको छ । फाइनलमा सिन्धुपाल्चोक फुटबल क्लबलाई ३–१ ले हराउँदै सुनखानीले अध्यक्ष कप जितेको हो ।

त्रिपुरासुन्दरी–५ तौथलीको जपसिले मैदानमा भएको प्रतियोगितामा ९ टिम प्रतिस्पर्धी थिए । विजेताले एक लाख ११ हजार १ सय १ रुपैयाँ र दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully