पाँचथर — पाँचथरमा आयोजित जिल्लास्तरीय रनिङ सिल्डको उपाधि फिदिम माविले जितेको छ । ६६ विधामा गराइएको प्रतिस्पर्धामा २४ स्वर्ण, १३ रजत र ५ कांस्यसहित फिदिमले राष्ट्रपति रनिङ सिल्ड जितेको हो ।
२३ स्वर्ण, १४ रजत र १३ कांस्यसहित याङ्वरक गाउँपालिका दोस्रो भयो । फाल्गुनन्द गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र १४ कांस्यसहित तेस्रो हुँदा हिलिहाङले ४ स्वर्ण, ९ रजत र १२ कांस्यसहित चौथो स्थान हासिल गर्यो ।
मिक्लाजुङले २ स्वर्ण, ६ रजत र ८ कांस्य, कुम्मायकले २ स्वर्ण र ३ कांस्य, फालेलुङले २ स्वर्ण, ७ रजत र २ कांस्य तथा तुम्वेवाले समान १ स्वर्ण, रजत र कांस्य जितेका थिए । फिदिम माविले तीन पटक रनिङ सिल्ड जितिसकेको छ ।
