डोटी — राष्ट्रिय क्रिकेटर लोकेश बमलाई गृहपालिकामा एक लाख रुपैयाँसहित सम्मानित गरिएको छ । डोटीको बोगटान फुङसिल गाउँपालिकाले उनलाई सम्मान गरेको हो ।
समृद्ध बोगटान अभियानअन्तर्गत गाउँपालिकाले आयोजना गरेको ‘मातृभूमि महोत्सव’ मा लोकेशलाई १ लाख ११ हजार ११ रुपैयाँसहित सम्मान गरिएको थियो । सम्मान थाप्दै लोकेशले पालिकाको मायाले आफू उत्साही भएको सुनाए । उनी डोटीको दुर्गम मानिने बोगटान फुङसिल गाउँपालिका–२ का हुन् ।
