मधेशविरुद्ध लगातार पाँच ओभर मेडन राखे विपिनले

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Vipin kept five consecutive maidens against Madhesh

काठमाडौँ — आजदेखि सुर्खेतको वीरेन्द्र नगरमा सुरु भएको यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णालीका कप्तान विपिन शर्माले उत्कृष्ट सुरुवात गरेका छन् ।

मधेश प्रदेशविरुद्ध बलिङ गर्ने क्रममा उनले लगातार पाँच ओभर मेडन राख्दै एक विकेटसमेत लिएका छन् ।

एक दिवसीय प्रतियोगितामा घरेलु क्रिकेटमा लगातार पाँच ओभरसम्म मेडन राख्दै एक विकेटसमेत लिने विपिन पहिलो बलर हुन् । 

एनपिएलबाट उदायका स्टार बलर शर्माले मधेश प्रदेशलाई दबाबमा राखेका छन् ।

कान्तिपुर

Link copied successfully