काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले सोमबार हङकङ र लाओसविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि २३ सदस्यीय टिम घोषणा गरेका छन् । नेपालले जुन ५ मा हङकङविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
लाओसविरुद्धको खेल भने जुन १० मा हुनेछ र यो एसिया कपको छनोट खेल हुनेछ । प्रशिक्षक म्याटले घोषणा गरेको टिमको कप्तानमा किरण चेम्जोङ रहेका छन् । उनीसागै टिमका अन्य गोलरक्षकमा विशाल सुनार र दीप कार्की छन् ।
टिमका अन्य सदस्यमा अशिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, जिलेप्सीजंग कार्की, कृतिषरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू र मणिकुमार लामा रहेका छन् । यस्तै टिममा मनिष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सिर्जनराज गौत्तम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ परहेका छन् ।
