सिन्धुपाल्चोक — ‘त्रिपुरासुन्दरी अध्यक्ष कप २०८२’पुरुष फुटबल प्रतियोगिताको उपाधि सुनखानी युवा क्लबले उचालेको छ । शनिबारको अन्तिम खेलमा सिन्धुपाल्चोक फुटबल क्लबलाई ३–१ गोलको अन्तरमा हराउँदै सुनखानी युवा क्लबले गापा अध्यक्ष कप चुमेको हो ।
त्रिपुरासुन्दरी-५ तौथलीको जपसिले खेल मैदानमा यही जेठ १५ गतेबाट सुरु भएको प्रतियोगितामा ९ टिम सहभागी थिए । तीन दिन चलेको प्रतियोगितामा बिहीबार पाँच र शुक्रबार दुई सेमिफाइनल खेलमा चर्को प्रतिस्पर्धापछि सुनखानी र सिन्धुपाल्चोक अन्तिममा आइपुगेका थिए ।
प्रतियोगिताका प्रथमले एक लाख ११ हजार १ सय १, द्धितिय ५५ हजार ५ सय ५५ नगद पाएका छन् । जसमा अनेक विधामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, कोच र सर्वार्धिक गोलकर्ताले नगद ३ हजारका दरले पाए । शनिबार जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भएको थियो । खेलक्षेत्रको उन्नतिका लागि प्रतियोगितामा गरिएको त्रिपुरासुन्दरीका अध्यक्ष भक्तध्वज बोहोराले बताए ।
