खडकबहादुर र सन्तोषीले जिते कान्तिपुर हाफ म्याराथन

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

Khadak Bahadur and Santoshi won the Kantipur Half Marathon

काठमाडौँ — १३ औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन् । दुवै पहिलो पटक च्याम्पियन भएका हुन् ।

ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा लेट्स रन फर ग्रिनर टुमारो हो ।

आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको थियो ।  

शनिबार आयोजित प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

कान्तिपुर

Link copied successfully