१३ औं कान्तिपुर हाफ म्याराथन : ह्विलचेयर रेसमा प्रेम र ऐश्वर्य च्याम्पियन

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

13th Kantipur Half Marathon: Love and Aishwarya Champion in Wheelchair Race

काठमाडौँ — १३ औं कान्तिपुर हाफ म्याराथन अन्तर्गत ३ किलोमिटर ह्विलचेयर रेसमा प्रेम विक र ऐश्वर्य कुमाल विजेता भएका छन् । ३ किमि दुरीमा भएको उक्त रेसमा प्रेमले पहिलो पटक उपाधि जित्दा ऐश्वर्य लगातार तेस्रो पटक च्याम्पियन भइन् ।पुरुष ह्विलचेयरतर्फ रामकाजी मिजार दोस्रो र साबिक विजेता रमेश खत्री तेस्रो भए ।

महिलातर्फ ऐश्वर्यले यामीकुमारी झाँक्रीमगर र रजनी राईलाई पछाडि पारिन् । यामी दोस्रो र रजनी तेस्रो भए । गत वर्ष पनि यामी र रजनीले सोही स्थान हासिल गरेका थिए ।

यामी पाँच पटककी विजेता हुन् ।

ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा लेट्स रन फर ग्रिनर टुमारो हो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको थियो ।

प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully