नेपाल थाइल्यान्डसँग पराजित

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

Nepal lost to Thailand

काठमाडौँ — पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको हो । 

पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो ।

एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्ने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully