चितवन — भरतपुरमा यू–१९ चितवन च्याम्पियनसिप क्रिकेट प्रतियोगिता जेठ २१ देखि हुने भएको छ । प्रतियोगितामा चार टिमले भाग लिने आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी गराए । प्रतियोगिताका लागि खेलाडीको छनोट १९ गते नारायणगढको क्याम्पाचौरमा हुनेछ ।
रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जेठ २४ गतेसम्म प्रतियोगिता चल्नेछ । प्रतियोगितापछि यू–१९ खेल्ने जिल्ला टिम तयार गरिने पियाले बताए । नयाँ टिमलाई संघका प्रशिक्षक सन्जम रेग्मीले प्रशिक्षण दिनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न बिहीबार संघ र भरतपुरको सेन्ट्रल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष पिया र कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेलले पत्रमा हस्ताक्षर गरे ।
