यू-१६ क्रिकेट हुने

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

There will be U-16 cricket

सुर्खेत — कर्णाली प्रदेशमा १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा जेठ २१ देखि ३१ सम्म प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका संयोजक श्रीधर केसीले सातै प्रदेशबाट खेलाडी सहभागी हुने बुधबार पत्रकार सम्मेलनमा बताए । लिग चरणमा २१ खेल हुनेछ । केसीका अनुसार प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकास्थित कालुङचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने छ ।

क्यानले खेल तालिकासमेत सार्वजनिक गरेको छ । सातै प्रदेशले लिग चरणमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो दिन कर्णाली र मधेश प्रदेशबीच खेल हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully