पोखरा — नवौं पीएम कप एनभीए लिग भलिबलको फाइनल बिहीबार हुनेछ । पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच फाइनल हुनेछ । महिलाको फाइनलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश विजयी भए । आर्मीले सुदूरपश्चिम प्रदेशलाई २५–२२, २५–२२, २५–१८ को सोझो सेटमा हरायो । आर्मीले तेस्रो स्थानमा पुलिस क्लबसँग तेस्रो स्थानका लागि खेल्नेछ । प्रतियोगितामा सुदूरपश्चिमले एउटै जित निकाल्न सकेन ।
मणिमुकुन्द र कोशी प्रदेशबीचको महत्वहीन खेलमा कोशी २५–२२, २५–२३, २५–१५ ले विजयी भयो । महिलातर्फ अन्तिम लिग खेलमा एभरेस्ट भलिबल क्लबले एपीएफलाई ३–० को सेटमा हरायो ।
