काठमाडौँ — महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा प्रथम महामन्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबार सुरु भएको छ ।
सिनियर ब्वाइजमा केभीएस, रानीवन, विल्सन एकेडेमी, मगस, मनासलु, होली भिजन, क्यान्भास, पिपुल्स एकेडेमी, युसीपीएस, सेब, नवोदित, टीआईए, डेसी, त्रिज्योति, टेरेसा, कन्सटिलेसन र गण्डकी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिनियर गर्ल्समा इडेन ब्रिज एकेडेमी (ईबीए), टेरेसा एकेडेमी, स्वर्णिम, आर्या एकेडेमी, चाँदबाग, केभीएस, त्रिज्योति र होलिभिजन क्वाटफाइनलमा पुगे ।
जुनियर ब्वाइजमा ग्रिनलन्स, पिपुल्स, आयोजक महामन्जुश्री, स्किब्स, मनास्लु, ईबीए, ग्रिनफिल्ड र बिग बुद्धले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
