क्रिकेटर पूजा महतो सम्मानित

जेष्ठ १५, २०८२

ओमप्रकाश ठाकुर

Cricketer Pooja Mahato honored

सर्लाही — नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतो सम्मानित भएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बिहीबार उनलाई सम्मान गरेको हो । महोत्तरीको गौशाला नगरपालिका निवासी महतोलाई चन्द्रनगरले ५५ हजार नगद र सम्मान–पत्रसहित सम्मान गरेको हो । 

मधेशको छोरी पूजाले प्राप्त गरेको सफलता र यहाँका अन्य छोरीहरुलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यकासाथ सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

सम्मानपछि पूजाले आफूजस्तै पूजा महतो यस्ता ग्रामीण क्षेत्रमा जन्म होस् भन्ने चाहना रहेको बताइन् । उपस्थित अभिभावकलाई पूजाले छोरासरह छोरीलाई पनि खेलमा अगाडि बढाउन आग्रह गरिन् । 

१८ औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा शहीद विद्यासागर महतो र शिवकुमार रामको परिवारलाई जनही नगद २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको छ । 

त्यसैगरी अधिकार प्राप्तिका लागि विभिन्न समय भएको आन्दोलनमा जेल जीवन बिताएका कांग्रेसका पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई पनि नगद २५ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको छ । 

ओमप्रकाश ठाकुर

Link copied successfully