दाङ उपाधि नजिक

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Close to Dang title

तिलोत्तमा — लीला सेन्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेटमा बुधबार दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाई १ सय ४५ रन बनायो ।

भुवन शाहीले २९ र फरद्दिन अली भाटले २२ रन बनाए । दाङका शुभम खनालले ३, करण जीएमले २ विकेट लिए । जवाफमा दाङले २२.५ ओभरमा ४ विकेट गुमाई १ सय ४७ रन बनायो ।

प्लेयर अफ द म्याच शुभमले अविजित ३३, मनोज केसीले २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुँवरले १६ रन बनाए । बाँकेका दिव्यान्स बर्माले ३ विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully