यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा, खेल तालिका सार्वजनिक

जेष्ठ १४, २०८२

ज्योति कटुवाल

U-16 National Cricket Tournament in Surkhet, schedule announced

सुर्खेत — कर्णाली प्रदेशमा १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक श्रीधर केसीले ७ प्रदेशबाटै खेलाडीहरु सहभागी हुने बताए ।

लिग चरणमा २१ वटा खेल हुनेछन् । संयोजक केसीका अनुसार प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको कालुङ्चौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

क्यानले खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार सातवटै प्रदेशले लिग चरणमा एक अर्कासँग एक/एक खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  

यस्तो छ तालिका

U-16 National Cricket Tournament in Surkhet, schedule announced

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully