काठमाडौँ — लोयल्टी एकेडेमीको आयोजनामा लोयल्टी एकेडेमी एसईई कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलको प्रतिस्पर्धा हुने मंगलबार पत्रकार सम्मेलनमा लोयल्टीका ईसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी गराए ।
बास्केटबलको ब्वाइजमा ५ र गर्ल्समा ४ टिमले सहभागिता जनाउने छन् । दुवै समूहको खेल राउन्ड रोबिन लिगका आधारमा खेलाइने छ । लिगमा हासिल गरेको अंकका आधारमा विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
सेभेन ए साइडको स्वरुपको फुटबलमा १६ ब्वाइज टिम सहभागी हुनेछ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
खेलाडीको प्रदर्शनका आधारमा ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले बताए । चारदिने प्रतियोगिताका खेल आयोजककै हातामा हुनेछ ।
