काठमाडौँ — आयोजक लोयल्टी एकेडेमीले लोयल्टी एसईई कप खेलकुदको ब्वाइज फुटबलमा बुधबार जित पाएको छ । घरेलु मैदानमा लोयल्टीले बीएमसीएलाई २–० गोलले पराजित गर्यो । लोयल्टीका रोहन गुप्ता र कृष बोहराले १–१ गोल गरे । अर्को खेलमा डीएस ९६ ले टिम भोर्टेक्समाथि २–० को जित पायो ।
लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले प्रतियोगिताको उद्घाटन गरे । लिगकम नकआउट आधारमा भइरहेको फुटबलमा १६ टिम सहभागी छन् । विजेताले २५ हजार र उपविजेताले १२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
एसईई कपमा बास्केटबलको प्रतिस्पर्धा पनि हुने छ । बिहीबार सुरु हुने बास्केटबलको ब्वाइजमा ५ र गर्ल्समा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा हासिल गरेको अंक आधारमा विजेता र उपविजेता टुंगो लगाइने छ ।
