काठमाडौँ — ताकेश्वर नगरपालिकाले १४ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उपाधि जितेको छ ।
तार्केश्वरले ३९ स्वर्ण, २५ रजत र १९ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हत्यायो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १३ स्वर्ण, ८ रजत र १० कांस्यसाथ गोकर्णेश्वर नगरपालिका दोस्रो भयो । तेस्रो स्थानको चन्द्रागिरि नगरपालिकाले ६ स्वर्ण, १४ रजत र २५ कांस्य जितेको तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एवं काठमाडौ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।
