पर्सा पराजित

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Parsa defeated

पर्सा — मधेश क्रिकेट लिग सिजन–१ मा पर्साले गृहमैदानमा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार धनुषासँग १५ रनले पराजित भएको छ । टस हारेपछि ब्याटिङ गरेको धनुषाले पुरै २० ओभर खेलेर ९ विकेट गुमाई १ सय १० रन जोड्यो ।

मयन यादवले २७ र हिमांशु दत्तले २२ रन जोडे । पर्साका सम्साद मन्सुरीले ३ र अनुज चौहानले २ विकेट लिए । सामान्य लक्ष्य पाएको पर्सा १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सफवान अलीले ३१ र सुरज कुर्मी १७ रन बनाए । धनुषाका रामरुप यादवले ४ र विक्रान्त यादवले २ विकेट लिए । रामरुप प्लेयर अफ द म्याच भए । अर्को खेलमा महोत्तरीले सिरहालाई ८ विकेटले हरायो ।

कान्तिपुर

Link copied successfully