जोकोभिच बने १०० एटीपी जित्ने तेस्रो खेलाडी

जेष्ठ ११, २०८२

एजेन्सी

Djokovic became the third player to win 100 ATP titles

जेनेभा — सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले शनिबार जेनेभा ओपनको फाइनलमा पोल्यान्डका हुबर्ट हुर्काजलाई ५–७, ७–६ (७–२), ७–६ (७–५) ले हराउँदै उपाधि जितेका छन् । जोकोभिचको यो एक सय एटीपी एकल उपाधि हो । उनी यो सफलता पाउने विश्वका तेस्रो खेलाडी भएका छन् ।  

२४ वटा ग्रान्डस्लाम उपाधि जोकोभिच जिमी कोनर्स र रोजर फेडेररपछि यो किर्तिमान बनाउने एकमात्र खेलाडी बनेका हुन् ।

आठ महिनाअघि पेरिसमा भएको ओलम्पिकमा व्यक्तिगत पुरुषमा स्वर्ण पदक जितेर आफ्नो ९९ औं उपाधि पुर्‍याएका थिए । जोकोभिचको अबको ध्यान आइतबार पेरिसमा सुरु फ्रेन्च ओपनमा केन्द्रित हुनेछ । जहाँ उनी २५ औं ग्रान्डस्लाम जित्ने प्रयास हुनेछन् ।  

एजेन्सी

Link copied successfully