कुस्ती खेलाडी सुरेशलाई कांस्य

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Bronze to wrestler Suresh

काठमाडौँ — नेपाली कुस्ती खेलाडी सुरेश चुनाराले यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।

भारतमा भएको प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए ।

उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धिसमेत भएको बताए । यस प्रदर्शनले नेपाली क्स्तुीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए ।  

कान्तिपुर

Link copied successfully