बर्दिया — बर्दिया कृष्णसार स्पोर्ट्स क्लबको आयोजनामा जेठ १६ देखि २६ गतेसम्म राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । आइतबार गुलरियामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त कुराको जानकारी गराएका हुन् ।
राति साढे ७ बजेदेखि १२ बजेसम्म हुने उक्त खेलमा दुई टिमले खेल्ने भएका छन् । प्रतियोगितामा न्यूनतम २० टिम सहभागी हुनेछन् । उक्त क्लबका अध्यक्ष खेम अधिकारीले क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र द्वितीयलाई २५ हजार नगद पुरस्कार दिने पत्रकार सम्मेलनमा जानकारी गराए । जेठ १० गतेबाट १६ गतेसम्म टिम इन्ट्री हुने छ । हरेक टिमले ६ हजार इन्ट्री शुल्क तिर्नपर्ने उनले जनाए ।
बर्दियाको सदरमुकाम गुलरियाको तुलापुरस्थित कभर्ड हल मैदानमा उक्त प्रतियोगिता हुने छ । क्रिकेट प्रतियोगिताका लागि करिब ६ लाख खर्च हुने अनुमान आयोजकको छ । यस प्रतियोगितामा नेपालभरका कुनै पनि टिम सहभागी हुन पाउने भएका छन् ।
