एथलेटिक्स टोली दक्षिण कोरिया जाने

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Athletics team to South Korea

काठमाडौँ — एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६ औं संस्करणमा खेल्नका लागि नेपालका ५ खेलाडी शनिबार राति दक्षिण कोरियाको गुमी जाने भएको छ ।

मे २७ देखि ३१ सम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले भाग लिनेछन् । त्यसमा पुरुष १५ सय र ५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १०० र २०० मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिला ज्याभलिन थ्रो र सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८०० र १५०० मिटर दौडमा फुलमती रानाले भाग लिने छन् । प्रशिक्षकमा उषाकर्ण चौधरी छन् ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ तदर्थ समितिका संयोजक राजीवविक्रम शाहले शनिबारै बिदाइ गरेका थिए ।

कान्तिपुर

Link copied successfully