कास्की — नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेश, टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो । गण्डकीले आर्मीमाथि २५-१९, २५-१७ र २५-१८ को जित निकाल्यो ।
हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई लाई ३-० को सेटमा पराजित गर्यो । हेल्प नेपालले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१७ र सेट २५-१८ ले जितेको हो ।
नेपाल पुलिस क्लबले कोशी प्रदेशमाथि २५-१२, २५-२९ र २५-१५ को जित निकाल्यो ।
मणिमुकुन्द भलिबल क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । मणिमुकुन्दले पहिलो सेट २८-२६, तेस्रो सेट २५-२१ र चौंथो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट भने १६-२५ ले गुमायो ।
महिलातर्फको खेलमा पुलिसले जितसहित लिगमा सानदार सुरुवात गरेको छ । पुलिसले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो । पुलिसले २५-२९, २५-१८ र २५-१८ ले एभरेष्टलाई हराएको हो ।
टिपटप न्यू डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो । न्यू डायमण्डले २५-१३, २५-१० र २५-१० ले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो ।
प्रतियोगितामा शनिबार पुरुषतर्फ ४ र महिलातर्फ ३ खेल हुनेछन् । नेपाल भलिबल संघको आयोजनामा बिहीबारदेखि सुरु भएको लिग जेठ १५ सम्म चल्नेछ ।
