काठमाडौँ — सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ । काठमाडौं जिल्ला अखिल नेपाल टेबल टेनिस संघको मान्यता प्राप्त जिल्ला हो ।
तर, संघले निर्वाचन गर्न पटक पटक पत्राचार गर्दा समेत गरेपछि तदर्थ समिति गठन गरिएको हो । केसी काठमाडौँ जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन् । उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए। त्यसअघिका दुई कार्यकाल सदस्य थिए ।
काठमाडौँ जिल्लामा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष वृजेन्दबहादुर हमालले जानकारी दिए।
समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन्। प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन सदस्य छन्।
