प्रदेशस्तरीय क्रिकेटका लागि रुपन्देहीको टिम घोषणा

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Rupandehi team announcement for state level cricket

तिलोत्तमा — लुम्बिनी प्रदेशस्तरीय यू–१६ पुरुष क्रिकेट प्रतियोगिताका लागि रुपन्देही जिल्लाको क्रिकेट टिम घोषणा गरिएको छ। रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धीरज अधिकारी क्षेत्रीको संयोजकत्वमा रहेको समितिले मंगलबार समीर अली मुसलमानको कप्तानीमा १८ खेलाडीको नाम टुङ्गो लगाई सार्वजनिक गरेको हो।

छनोट समितिका संयोजक क्षेत्रीले लामो समयसम्म रुपन्देही क्रिकेट एकेडेमीमा गरिएको प्रशिक्षण, जिल्ला स्तरीय छनोट खेल र विगतको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको जानकारी दिए ।

छनोट प्रक्रियामा ४ जनालाई रिजर्भ राखी टिम टुङ्गो लगाइएको हो। छनोट भएका खेलाडीमा आरिफ खान, स्वस्तिक पराजुली, तुषार चौहान, लक्ष्मण कुमाल, सिद्धार्थ ढकाल, समीरजङ्ग सिंह ठकुरी, सुजन रानाभाट, प्रिन्स पाल, रोजन कुमाल, रोहित कुँवर, सुप्रिम कँडेल, सोइब हसन मुसलमान र आयनसिंह यादव छन्। यस्तै, रिजर्भ खेलाडीमा अब्दुल साउद खान, फैजन अहमद मुसलमान, मन्नन खान र डिलबहादुर विक रहेका छन्।

राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न यू–१६ प्रदेशस्तरीय छनोट प्रतियोगिता यही जेठ ९ गतेदेखि सुरु हुने भएको छ। छनोट खेल भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुनेछ। प्रदेशस्तरीय छनोट खेलमा सात जिल्लाका टिम सहभागी हुनेछन्।

कान्तिपुर

Link copied successfully