एसिया च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्डसँग खेल्दै नेपाल

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Nepal is playing against Thailand with the goal of becoming the Asian champion

काठमाडौँ — आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेल आज नेपालले थाइल्याण्डसँग खेल्दै छ । 

तीन समूहबाट शीर्ष तीन रहँदै आएका तीन टोलीमध्ये नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल आज बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

आफ्नो पहिलो खेलमा सोमबार नेपालले यूएईलाई पाँच विकेटले हराउँदै एसिया छनोट पार गर्दै विश्वस्तरको छनोटमा स्थान बनाइसकेको छ । यस्तै थाइल्याण्डले पनि पहिलो खेलमा यूएईलाई नै हराएर ग्लोबल छनोटमा स्थान बनाएको थियो । 

नेपालले आजको खेल जित्दै एसिया च्याम्पियन बन्ने लक्ष्य राखेको छ । सोमबारको खेल निकै महत्त्वपूर्ण थियो । अब नेपालका लागि यो एसिया क्षेत्र छनोटको उपाधि भिडन्त मात्र हुनेछ । 

त्यसैले पनि आजको खेलमा नेपाली खेलाडीहरु उच्च मनोबलका साथ मैदानमा उत्रिने नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी कप्तान इन्दु बर्माले बताएकी छिन् । 

नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।

कान्तिपुर

Link copied successfully