काठमाडौँ — आईसीसी टी–२० महिला विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले संयुक्त अरब इमिरेट्सविरुद्ध पहिला फिल्डिङ रोजेको छ ।
थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले टस जित्दै यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।
टी–२० आई र्याङ्किङमा नेपालभन्दा बलियो यूएईविरुद्ध आजको खेल जित्नैपर्ने दबाबमा छ नेपाल । अंक तालिकामा नेपालको पाँच अंक रहँदा यूएईको ६ अंक रहेको छ ।
आजको खेल हारेमा नेपाल ग्लोबल क्वालिफायरमा पुग्नेछैन । यूएईले पनि आजको खेल हारेमा त्यसको बाटो पनि बन्द हुने छ । सुपर थ्रीमा पहिलो खेल हिजो थाइल्याण्डसँग पराजित भएको थियो ।
नेपालका लागि दोस्रो खेल बाँकी रहने भए पनि आजको खेल गुमाएमा अंक तालिकाका आधारमा यूएई ग्लोबल क्वालिफायरमा जानेछ ।
