जेठ १० मा वान रन हाफ म्याराथन

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

One Run Half Marathon on May 10th

काठमाडौँ — जेठ १० गते वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको तयारी पूरा भएको छ । ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट दौड सुरु हुनेछ । गत वर्ष पनि भएको दौडमा यस वर्ष नेपालसहित विश्वका ११० सहरमा एकै दिन यो हाफ म्याराथन हुन लागेको हो ।

हिरो लिगद्वारा हुने दौडमा नेपालले सहभागिता जनाउने थालेको हो । दौड चार इभेन्टमा हुनेछ । २१.१ किमि, १० किमि, ५ किमि र १ किमिमा हुने दौडको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थल रहेको छ ।  

दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित सबै उमेरका धावकलाई सहभागी हुने मौका प्रदान गरिने जनाइएको छ । नेपालमा यो दौड एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्न लागेको हो । 

कान्तिपुर

Link copied successfully