सुपर ‘थ्री’मा युएईसँग भिड्दै नेपाल

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Nepal to face UAE in Super 'Three'

काठमाडौँ — आईसीसी टी–२० महिला विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । 

थाइल्याण्डको बैंककस्थित तेर्डथाई क्रिकेट ग्राउन्डमा खेल नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटदेखि संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्ने भएको हो । 

सुपर थ्रीकै हिजो भएको पहिलो खेलमा थाइल्याण्डसँग यूएई पराजित भएको थियो । आजको खेलमा यूएईविरुद्ध नेपालले जित हासिल गर्‍यो भने ग्लोबल क्वालिफायरमा जाने बाटो यूएईको बन्द हुनेछ । 

नेपाललाई पनि ग्लोबलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यदि आज पराजित भयो भने नेपाल बाहिरिनेछ । 

थाइल्याण्ड भने एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेको छ । नेपाल र यूएईका लागि आजको खेल निर्णायक हो । नेपालको अर्को खेल रहे पनि अंक तालिकामा यूएई नेपालभन्दा माथि छ । त्यसैकारण पनि आजको खेल जसरी पनि जित्नैपर्ने दबाब नेपाललाई छ ।

कान्तिपुर संवाददाता

Link copied successfully