प्लानिङ ब्वाइज च्याम्पियन

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Planning Boys Champion

काठमाडौँ — प्लानिङ ब्वाइजले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा शुक्रबार नयाँ बस्तीलाई ५–० ले पराजित गरेको छ । यस जितसँगै प्लानिङ ब्वाइज प्रतियोगिताको च्याम्पियन पनि भएको छ ।

यसअघि नै ‘ए’ डिभिजन उक्लिसकेको प्लानिङ ब्वाइजको १२ खेलबाट ३० अंक भएको छ । यो दोस्रोमा रहेको श्री भगवतीमाथि सात अंकको अग्रता हो ।

नयाँ बस्ती भने पाँच अंकमा अन्तिम स्थानमा छ र यसअघि नै रेलिगेसनमा परिसकेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजका लागि फागुराम थारूले दुई तथा ओमप्रकाश चौधरी र प्रतापसिंह राईले १–१ गोल गरे । अर्को एउटा गोल भने आत्मघाती रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully