नेपाल पराजित

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Nepal defeated

काठमाडौँ — यू–१९ साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश र भारत भिड्ने भएका छन् । नेपाल शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको हो ।

अर्को सेमिफाइनलमा आयोजक भारतले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । अब उपाधिका लागि बंगलादेश र भारत भिड्नेछन् ।

अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा भएको खेलमा बंगलादेशका लागि आशहिकुर रहमान र नज्मुल फैसलले गोल गरे । नेपालका तर्फबाट सुजन डंगोलले एक गोल फर्काए । गोलरहित पहिलो हाफपछि बंगलादेशले ७४ औं मिनेटमा अशहिकुरको गोलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै नज्मुलले दोस्रो गोल थपे । खेल सकिन तीन मिनेट बाँकी छँदा सुजनले नेपालका तर्फबाट एक गोल फर्काए । फाइनल आइतबार हुनेछ ।

कान्तिपुर

Link copied successfully