बार्सिलोनालाई च्याम्पियन बनाउने फ्लिकको मन्त्र

जर्मन प्रशिक्षकले नेतृत्व लिएको पहिलो सिजनमै बार्सिलोनाले घरेलु प्रतियोगिताका तीनवटै उपाधि जितेको छ

जेष्ठ ३, २०८२

एएफपी

Flick's spell that made Barcelona champions

बार्सिलोना — बार्सिलोना बिहीबार स्पेनी च्याम्पियन बन्यो । क्लबको इतिहासमा लिग जितेको यो २८ औंपल्ट रह्यो । तर पछिल्ला छ वर्षमा भने दोस्रोपल्ट मात्रै । ह्यान्सी फ्लिकको टिमले इस्पनयोललाई २–० ले हराएपछि लिग चरणमा दुई खेल बाँकी छँदै बार्सिलोनाले उपाधि हात पारेको हो ।

जर्मन प्रशिक्षक आएयता बार्सिलोनाले कसरी आफ्नो पुरानो प्रतिद्वन्द्वी रियल म्याड्रिडबाट लिग उपाधि खोस्न सफल रह्यो त ? एएफपीले खोजेका कारण यस प्रकार छन् ।

बलियो आक्रमण

फ्लिकले बार्सिलोनालाई कति धेरै आक्रामक बनाएका थिए भने यसको सिकार लगभग सबै विपक्षी टिम बने । अहिलेसम्म खेलेका ३६ खेलमा ९७ गोल भएका छन् र यो दोस्रोमा रहेको रियलभन्दा २३ गोल बढी हो । अगस्टमा भालाडोलिडलाई ७–० ले हराएयता बार्सिलोनाले गोलको लय समातेको थियो । उत्कृष्ट लामिन यामल भर्खर १७ वर्षका भए, उनले भेट्रान स्ट्राइकर रोबर्ट लेवानडोस्की र सदावहार विन्गर राफिन्हालाई पास उपलब्ध गराइरहे ।

ब्राजिली खेलाडीलाई फ्लिकले नै बार्सिलोनामा रहिरहन फकाएका थिए । नभन्दै राफिन्हाका लागि यो सिजन अहिलेसम्मकै उत्कृष्ट रह्यो । त्यसका लागि प्रशिक्षकका रूपमा फ्लिकलाई धन्यवाद दिनैपर्ने हुन्छ । यामलले सबैभन्दा बढी १३ पल्ट गोलको अवसर सिर्जना गरे । अनि लेवानडोस्कीले २५ र राफिन्हाले १८ गोल गरिसकेका छन् । यति भन्दाभन्दै पनि यसपल्ट लिगमा बार्सिलोनाको सबैभन्दा ठूलो अस्त्र रह्यो, मजबुत डिफेन्स ।

Flick's spell that made Barcelona champions

मानसिकतामा परिवर्तन

गत सिजन बार्सिलोनाले केही पनि जित्न सकेको थिएन । त्यसैले त्यो बेलाका प्रशिक्षक ज्याभी हर्नान्डेजले पनि नजित्नुका अनेक बहाना बनाए । तर फ्लिक आएयता बार्सिलोनाले तीनै घरेलु उपाधि जितेको छ । उनले के भनेका छन् भने बार्सिलोनाले गत सिजन केही नजित्नुमा आन्तरिक कारण नै प्रमुख थियो । त्यसैले उनले आफ्ना खेलाडीलाई मानसिक रूपमा बलियो बनाए । उनी भन्थे, ‘टिमको प्रदर्शन जस्तै किन नहोस्, त्यो अरूले गरेर हुने होइन ।’

यो सिजन बार्सिलोनाले साँच्चै केही उत्कृष्ट पुनरागमन रचेको छ । विशेषतः रियलविरुद्ध पछिल्लो खेलमा दुई गोलले पछाडि रहेर पनि सनसनीपूर्ण ४–३ को जित निकाल्न सफल रहेको थियो । फ्लिक भन्छन्, ‘अहिले बार्सिलोना टिम मानसिक रूपमा बलियो छ । अनि उनले खेलाडीलाई धेरै दबाबमा नखेल्न पनि सुझाए ।’ उल्टै खेलाडीलाई रमाएर खेल्न प्रेरित गरिएको थियो । त्यसकै कारण हो, आकर्षक सललल बग्ने फुटबल ।

उत्कृष्ट पेड्री

अचेल पेड्री गोन्जालेजलाई विश्व फुटबलको सबैभन्दा उत्कृष्ट मिडफिल्डर मानिन्छ । चोटबाट मुक्त हुँदै उनले बार्सिलोनाका लागि पूरा सिजन लगातार राम्रो खेले । फ्लिक भन्छन्, ‘मेरो लागि पेड्री जत्तिको राम्रा खेलाडी अरू केही पनि छैन । म त उनको लागि घुँडामा टेक्न पनि तयार छु ।’ यी २२ वर्षीय क्यानरी आइसल्यान्डका खेलाडी बार्सिलोना टिमको मुटुका धड्कन हुन् । उनी आक्रामक पनि खेल्नेछन्, चाहिएका बेला रक्षात्मक पनि हुन्छन् ।

स्तरमा वृद्धि

फ्लिक आएपछि बार्सिलोना टिमको शारीरिक फिटनेसमा असाध्यै धेरै वृद्धि देखियो । गत सिजन जति पनि खेलाडी राम्रो प्रदर्शनका लागि संघर्षरत थिए, ती सबैले यसपल्ट राम्रो गरे । एरिक गार्सियालाई उनले सेन्ट्रल ब्याकमा कायम राखे र यी खेलाडीले पनि परिणाम देखाए । कहिलेकाहीँ आफ्नो पोजिसन छाडेर पनि राम्रो खेले । फेरान टोरेसले अगाडि खेल्न खेलाडीलाई पछाडिबाट सहयोग गरिरहे । अझ इनिगो मार्टिनेज त डिफेन्समा खम्बा नै सावित भए ।

निर्णायक मोडमा प्राप्त लय

बार्सिलोनाले नयाँ सिजनको सुरुआत त राम्रो गर्न सक्यो, तर त्यस्तै लय नोभेम्बर र डिसेम्बरताका कायम राख्न सकेन । त्यति बेला बार्सिलोनाको प्रदर्शन खस्कँदो स्थितिमा थियो । त्यो समयका सात खेलमध्ये एकैमा मात्र बार्सिलोना विजयी रह्यो । लेगानेस र ला पाल्मास जस्ता कमजोर टिमविरुद्ध पनि घरमै पराजित रह्यो । अंक तालिकामा बार्सिलोनाले अग्रता मात्र गुमाएन, एटलेटिको म्याड्रिडलाई हराएर क्रिसमस अगाडि बढ्दै गयो ।

फ्लिकले तुरुन्तै स्थिति बुझिहाले, टिममा यताउता परिवर्तन गरे । फेरि फिट भएका फ्रेन्ड डे जोङलाई मध्यपंक्तिमा उतारे भने कासाडो र भोइसेक स्टान्सनेललाई थप जिम्मेवारी दिए । नभन्दै बार्सिलोनाको प्रदर्शनमा फेरि नाटकीय सुधार भयो र टिम सबै खाले प्रतियोगितामा गरेर लगातार २४ खेलको अपराजित यात्रामा रह्यो । यसले बार्सिलोनालाई फेरि लिगमा मजबुत बनायो, त्यसपछि त क्लबले पछाडि फर्केर हेर्नु पनि परेन ।  

एएफपी

Link copied successfully