नेपाल मंगलबार हङकङसँग खेल्दै

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Nepal playing against Hong Kong on Tuesday

काठमाडौँ — नेपालले महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटमा मंगलबार हङकङको सामना गर्दै छ । डबल राउन्ड रोबिनमा थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पहिलो राउन्डमा यी दुई टोलीबीचको खेल वर्षाले मैदान भिजेका कारण टस पनि नभई रद्द भएको थियो ।

हङकङको सोमबार बहराइनविरुद्धको खेल पनि वर्षाले पूरा हुन दिएन । बहराइनले ४ ओभरमा १५ रन बनाइरहेको समयमा वर्षाले खेल रोकिएपछि पुनः सुचारु हुन सकेन । हङकङले दुवै खेल वर्षाका कारण गुमाएको छ ।

हङकङसँगको खेल रद्द भएपछि नेपालले बहराइनसँगको अर्को खेल बल्लबल्ल टुंग्याएको थियो । ५–५ ओभरमा छोट्याइएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो । समूह ‘सी’ मा नेपालको ३, हङकङको २ र बहराइनको १ अंक छ । हङकङमाथि विजय हात पारेमा नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।

नेपालले बिहीबार बहराइनसँग खेल्नेछ । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् । त्यसपछि ३ टोलीले एकआपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीट्वान्टी–२० विश्वकप छनोटमा पुग्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully