महिला टी–२० विश्वकप क्वालिफायर : बहराइनमाथि नेपाल ९ विकेटले विजयी

वैशाख २७, २०८२

कान्तिपुर संवाददाता

Women's T20 World Cup Qualifier: Nepal beat Bahrain by 9 wickets

काठमाडौँ — आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपालले दोस्रो खेलमा बहराइनमाथि ९ विकेटको फराकिलो जित निकालेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले बहराइनलाई पाँच ओभरको खेलमा ४ बल बाँकी रहँदै जित निकालेको हो । बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ दशमलव २ ‌ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । 

नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले १३ र इन्दु बर्माले ७ रन बनाइन् । 

वर्षाका कारण खेल पाँच ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै बहराइनले एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले एक विकेट लिइन् । 

पहिलो खेल नेपाल र हङकङबीचमा पानी परेका कारण रद्द भएको थियो । खेल नभएपछि दुवै टोलीले अंक बाँडेका थिए । 

कान्तिपुर

Link copied successfully