बुटवलमा बाहिनीपति ट्रफी सुरु

वैशाख २५, २०८२

सन्जु पौडेल

Bahinipati Trophy begins in Butwal

तिलोत्तमा — नेपाली सेनाको श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलअन्तर्गत युनिटका खेलाडीबीच 'बाहिनीपति ट्रफी २०८२' सुरु भएको छ । प्रतियोगिताको बिहीबार बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गरे । उनले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारीरिक तन्दुरुस्तीसमेत वृद्धि गर्ने बताए ।

प्रतियोगितामा पहिलो दिन पुरुषतर्फ १०० मिटर दौड र सटपुट एवं महिलातर्फ १०० मिटर दौड सञ्चालन भयो । प्रतियोगितामा प्रत्येक युनिटमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, जुडो, स्विमिङ, एथ्लेटिक्स लगायतका खेल समावेश छन् ।

खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । खेल वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully