एसियन सेपाकताक्रोमा नेपालबाट ५ खेलाडी

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

5 players from Nepal in Asian Cup

काठमाडौँ — नेपालका ५ खेलाडीले एसियन कप सेपाकताक्रो च्याम्पियनसिपमा नेपाली प्रतिस्पर्धा गर्ने भएका छन् ।

वैशाख २६ देखि जेठ ४ गते मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगितामा सनम पूर्जा पुन, दीपेशजंग थापा, अनिल जर्घामगर, पदमबहादुर ठाडामगर, विजया महतोले प्रतिस्पर्धा गर्नेछन् । टिम म्यानेजरमा गंगाबहादुर गुरुङ र प्रशिक्षकमा आशमाया गुरुङ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully