पाकिस्तानमा आईपीएलको प्रशारण बन्द

वैशाख २१, २०८२

एजेन्सी

IPL broadcast stopped in Pakistan

काठमाडौँ — पहलगाम आक्रमणपछि बढ्दो भारत पाकिस्तान तनावका बीच अब पाकिस्तानले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रशारण बन्द गरेको छ ।

शुक्रबार साँझदेखि नै पाकिस्तानमा आईपीएल प्रशारण बन्द हुनेछ । पहलगाम आक्रमणपछि दुवै देशले एक अर्काविरुद्ध ठोस कदम उठाएका छन् । 

यसअघि भारतले पाकिस्तान सुपर लिग (पीएसएल)को प्रत्यक्ष प्रशारणमा प्रतिबन्ध लगाएको थियो । पीएसएल प्रतिबन्धसँगै पाकिस्तानी खेलाडीका सामाजिक सञ्जाल पनि भारतमा बन्द गरिएको छ ।

जसमा पाकिस्तानी क्रिकेटर बाबर आजम, मोहम्मद रिजान, शोएब अख्तर, शाहिद अफ्रिदी, वासिम अकरम जस्ता कैयौं सेलिब्रेटीहरु रहेका छन् ।

यसको जवाफमा पाकिस्तानले पनि आईपीएलमाथि प्रतिबन्ध लगाएको हो । २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो । 

एजेन्सी

Link copied successfully